logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:55 AM

  • जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, सात महिनामा ६ लाख ४७ हजार

    जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, सात महिनामा ६ लाख ४७ हजार


    पर्यटन नेपाल

    मंगलबार, २० साउन २०८२


    काठमाडौँ । सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनः लयमा आएको छ ।

    सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताएका छन् ।

    जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना ९९.८ प्रतिशत, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना ९९.४ प्रतिशत, बंगलादेशबाट ४ हजार ४ सय १३ जना ९६.३ प्रतिशत र बेलायतबाट ३ हजार ५ सय ४७ जना ९५.१ प्रतिशत पर्यटक नेपाल आगमन भएको छ ।

    क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एशियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना ९४८.१ प्रतिशत र छन् अन्य एशियाली मुलुकहरूबाट १३ हजार ५२ जना ९१८.६ प्रतिशत, युरोपबाट ९ हजार २९२ जना ९१३.२ प्रतिशत०, अमेरिकाबाट १२ हजार ७७५ जना ९११.१ प्रतिशत०, ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७ जना ९२.६ प्रतिशत०, मध्यपूर्वबाट ८२६ जना ९१.२ प्रतिशत०, अफ्रिकाबाट ३१८ जना ९०.५ प्रतिशत र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना ९४.७ प्रतिशत पर्यटक आगमन भएको छ ।

    बोर्डका सीईओ जोशीले भने, ‘भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह, र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend