काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो ।
सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।