logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेन जी प्रदर्शनकारीहरू भेला

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेन जी प्रदर्शनकारीहरू भेला


    पर्यटन नेपाल

    मंगलबार, २४ भाद्र २०८२


    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेनजी प्रदर्शनकारीहरू भेला भएका छन् ।

    अहिले उनीहरू विमानस्थलभित्रै प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

    त्यहाँ ठूलो मात्रामा नेपाली सेनाको टोली खटाइएको छ ।

    विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शकारीहरूले विमास्थलबाट पूराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्कारहेका छन् ।

    सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend