काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: संचालन भएको छ ।
विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल पुन: संचालन गर्ने निर्णय गरेको हो ।
सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनका कारण विमानस्थल बन्द गरिएको थियो ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बन्द गरिएको विमानस्थल पुन: सुचारु भएको हो ।
‘उडान समयको जानकारी लिई मात्रै विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात समेत लिएर आउन समेत अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।