काठमाडौँ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।
उनलाई राष्टपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । अहिले राष्ट्रपति भवनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मुख्यसचिव एकनारायण, सरकारी उच्च पदस्थ कर्मचारी, जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू पुगेका छन् ।
अहिले सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारी भइरहेको छ । अहिले शीतलनिवासमा नेपाल प्रहरी, सशस्त्र, नेपाल आर्मी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरु पनि उपस्थित भएका छन् ।
जेन जीहरुले गरेको यहि भदौ २३ र २४ गतेको आन्दोलनपछि सरकार ढलेको थियो ।
जेन जीको आन्दोलनमा ५१ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ५० जना नेपाली र १ जना भारतिय रहेका छन् ।
संविधानको धारा-६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।
उनले ४२ औँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेकी हुन् । नेपालले कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीको रुपमा पाएको हो ।
अब आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ ।