logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • आजदेखि दशैँका लागि नयाँ नोट सटही गर्न सकिने

    आजदेखि दशैँका लागि नयाँ नोट सटही गर्न सकिने


    पर्यटन नेपाल

    आइतबार, २९ भाद्र २०८२


    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि नयाँ नोट सटही गर्न सकिने बताएको छ ।

    नेपाल राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेले आजदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिने बताए ।

    ग्राहकहरूले बैंकहरुसँग बुझेर नजिकका स्थानमा गएर नयाँ नोट सटही गर्न सक्ने छन् । अधिकांश वाणिज्य बैंकहरूले समेत नयाँ नोट सटही गरिरहेका छन् ।

    ग्राहकहरुले १८ हजार पाँच सय रूपैयाँसम्म नयाँ नोट साट्न सक्ने छन् । ग्राहकहरुले ५, १०, २०, ५० र एक सय दरको एक–एक बण्डल नोट साट्न सक्ने छन् ।

    नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट ग्राहकहरुले नयाँ नोटहरु सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend