logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • वायुसेवा निगमले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने

    वायुसेवा निगमले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने


    पर्यटन नेपाल

    आइतबार, २९ भाद्र २०८२


    काठमाडौँ । नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने भएको छ ।

    निगमले आगामी असोज ९ गतेदेखि काठमाडौँ– चीनको ग्वाङझाउ सिधा उडान गर्ने भएको हो ।

    काठमाडौँ–ग्वाङझाउ–काठमाडौँ रुटको टिकट बिक्री आइतबारदेखि खुला गर्ने निगमले जनाएका छ ।

    यो रुटमा हाल हिमालय एयरलाइन्स र चीनको चाइना साउदर्न एयरलाइन्सले नियमित उडान गर्दै आइरहेका छन् ।

    यो रुटमा व्यापारी, पर्यटक र विद्यार्थीले लाभ उठाउने निगमले जनाएको छ ।

    निगमले एयरबस जहाज ल्याएपछि पहिलो पटक चीन ग्वाङझाउमा उडान गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend