logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • एनपीएल हेर्न टिकट मुल्य कति ?

    एनपीएल हेर्न टिकट मुल्य कति ?


    पर्यटन नेपाल

    बिहिबार, २७ कार्तिक २०८२


    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सीजनको टिकट मूल्य सार्वजनिक गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा मंसिर १ गतेदेखि २७ गतेसम्म हुने एनपिएल हेर्नका लागि ५ सय देखि २ हजारसम्मको टिकेट रहेकोक्यानले सार्वजनिक गरेको छ । दर्शकहरुले ५ सय देखि २ हजारसम्मको टिकेट काट्नु पर्ने छ ।

    उदघाटन र शनिबारको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय, प्रिमियम टिकटको मूल्य १५ सय रुपैयाँ तोकिएको छ । अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोकिएको छ । प्लेअफ र फाइनलको साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रुपैयाँ टिकट रहेको छ ।

    सिजनभरको पास किन्न चाहनेले १५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

    पहिलो चरणमा पहिलो ६ दिनको खेलका लागि टिकट बिक्री खुल्ला गरिएको क्यानले जनाएको छ । टिकट खल्ती आईएमई एपबाट काट्न सकिने छ ।

    मंसिर १ गते हुने उद्घाटन खेल दिउँसो ४ बजे सुरु हुनेछ र साबिक विजेता जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजविरुद्ध खेल्नेछ ।

    May be an image of ticket stub and text

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend