logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • खेल पर्यटन प्रबर्द्धनका लागि एनपीएल-२ मा बोर्ड र क्यानबीच समझदारी 

    खेल पर्यटन प्रबर्द्धनका लागि एनपीएल-२ मा बोर्ड र क्यानबीच समझदारी 


    पर्यटन नेपाल

    सोमबार, १ मंसिर २०८२


    काठमाडौँ । नेपालको खेल पर्यटन प्रबर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) ले नेपाल प्रिमियर लिग सिजन-२ प्रबर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ ।

    यस साझेदारीमार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लाटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

    सम्झौता अनुसार, बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्नेछ ।

    छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापित भएको एनपीएल–२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुची राख्ने पर्यटक आकर्षित गर्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ ।

    बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई नेपालमा अन्तर्राष्ट्रियस्तरका इभेन्ट आयोजना गर्नसक्ने प्रमुख खेलका रूपमा लिइएको छ । एनपीएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा गरिएको छ ।

    एनपीएल-२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस्‌बाट गरिने भएको छ । जसले गर्दा विश्वभरका करोडौँ दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा थप टेवा पुग्‍ने बोर्डको विश्‍वास छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले देशभर बढ्दो खेलकुद गतिविधि- विशेषगरी एनपीएल–२ ले–खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताएका छन् ।

     “एनपीएल–२ नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने ठूलो अवसर हो,” जोशीले भने, “यो लिगले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शकसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने हाम्रो विश्‍वास छ ।” उनले नेपाल अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूको आकर्षक गन्तव्य बन्दै गएको पनि उल्लेख गरे ।

    त्यसैगरी क्यानका महासचिव पारसले यस सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, “खेलकुद र पर्यटन दुबैलाई सँगै अघि बढाउन नेपाल पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौँ । पछिल्ला वर्षहरूमा नेपालमा क्रिकेटको उभारले देशलाई विश्वभर प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ, र एनपीएल–२ ले यसलाई अझ उचाइमा पुर्‍याउनेछ ।”

    अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर, तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्व–स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्र

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend