logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • वायुसेवा निगमको कामु महाप्रबन्धकमा श्रेष्ठ नियुक्त

    वायुसेवा निगमको कामु महाप्रबन्धकमा श्रेष्ठ नियुक्त


    पर्यटन नेपाल

    बुधबार, ३ मंसिर २०८२


    काठमाडौँ । नेपाल वायुसेवा निगमको कार्यवाहक महाप्रबन्धकमा अमृतमान श्रेष्ठ नियुक्त भएका छन् ।

    मन्त्रिपरिषद् बैठकले तत्कालका महत्त्वपूर्ण कार्यलाई अगाडि बढाउन सञ्चालक समितिका सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    श्रेष्ठ निगमका अवकाश प्राप्त कर्मचारी पनि हुन् । नेपाल वायुसेवा निगममा २४ वर्ष काम गरेर पाँच वर्षअघि अवकाश पाएका श्रेष्ठले अवकाशको केहि समयपछि निगमको सञ्चालक समिति सदस्यमा नियुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend