काठमाडौँ । एनएमबी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश घोषणा गरेको हो ।
हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २४० रुपैयाँ हाराहारीमा छ ।
जसमा ५ प्रतिशत सेयर बोनस र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको लाभांश प्रदान हुने बैंकले जनाएको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंक तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने बैंकले जनाएको छ ।