काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नयाँ भाडादर योजना लागु गरेको छ ।
निगमले विभिन्न मुलुक रोजगारीका लागि जाने नेपाली यात्रुका लागि विशेष छुटसहित यस्तो योजना ल्याएको हो ।
निगमले काठमाडौँबाट दुबई, दमाम, दोहा, र क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुका लागि विशेष छुटसहित प्रत्येक उडानमा १० वटा सिटमा १० प्रतिशत छुुटको योजना ल्याएको हो ।
श्रम गन्तव्यमा यात्रा गर्नेहरूले आवश्यक कागजातसहित निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गरी टिकट काउन्टरबाट यो सेवा लिन सक्ने छन् ।