काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले पाइलट विजय लामा र सोनी राणालाई कारबाहि गरेको छ ।
प्राधिकरणले उडान सञ्चालन नियम उल्लङघन गरेको भन्दै लामा र राणालाई तत्काल काममा नलगाउन (रोस्टर अफ) निर्देशन दिएको हो ।
पाइलट लामा र राणाले उडानको क्रममा फोटो तथा भिडियो खिचेपछि प्राधिकरणले कारबाही गरेको हो ।
प्राधिकरणले नेपाल वायुसेवा निगमलाई अर्को सूचना नहुन्जेलसम्म पाइलटलाई काममा नलगाउन निर्देशन दिएको हो ।