logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • त्रिवि विमानस्थलमा उडान प्रभावित, यात्रुहरु आक्रोशित

    त्रिवि विमानस्थलमा उडान प्रभावित, यात्रुहरु आक्रोशित


    पर्यटन नेपाल

    सोमबार, १५ मंसिर २०८२


    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ ।

    विमानस्थलमा आन्तरिकतर्फको उडान प्रभावित भएको हाे । उडान प्रभावित हुँदा समस्यामा परेका यात्रुहरू आक्रोशित बनेका छन् ।

    दिउँसोदेखि विमानस्थल पुगेका यात्रुहरू अलपत्र परेका छन् । सोमबार दिउँसो विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) भएको थियो ।

    सोमबारका लागि बोर्डिङ खोलेर उडानको प्रक्रिया थाल्दा ढिलो हुने विमानस्थल स्रोतले जानकारी दिएको छ ।

    यति एयरलाइन्सले आज बोर्डिङ नखुलाउने भनेपछि यात्रुहरू आक्रोशित बन्दै आज नै उडान भर्नुपर्ने अडान लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend