काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।
आज (बुधबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भक्तपुरको नलिन्चोक हेलिकप्टरमा भ्रष्टाचार गरेकाे आराेपमा पक्राउ गरेको हाे ।
उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
विशेष अदालतमा अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी, र एक इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेकाे छ ।
प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ ।
अहिले म्याद थपका लागि उनलाई विशेष अदालत लगिएको छ ।