logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:58 AM

  • को-को हुुन् पोखरा विमानस्थल निर्माणकाे भ्रष्टाचारमा मुछिएका ५५ जना ? कुनमा कति भ्रष्टाचार गरे ?

    को-को हुुन् पोखरा विमानस्थल निर्माणकाे भ्रष्टाचारमा मुछिएका ५५ जना ? कुनमा कति भ्रष्टाचार गरे ?

    वि.सं २०६५ सालदेखि अध्ययन सुरु गरेर वि.सं २०७९ सालमा निर्माण सम्पन्न भएको सो विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो ।


    पर्यटन नेपाल

    आइतबार, २१ मंसिर २०८२


    काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड बढी घोटला भएको पाइएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    अख्तियारले पूर्वमन्त्रीहरू रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ, भीम आचार्य र पोस्टबहादुर बोगटी (दिवंगत) त्यस्तै सर्वोच्च अदालतका पूर्वरजिस्ट्रा र विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायत १० पूर्वसचिवहरू र नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी, पूर्वनिर्देशक मुरारी भण्डारी लाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ ।

    प्रतिवादी बनाइएका उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी नलिन्चोक हेलिपोर्ट निर्माणमा समेत भष्ट्राचार गरेका प्रतिवादी हुन् । महानिर्देशक अधिकारीलाई धरौटीमा रिहा गर्नुपर्ने आधार नदेखिएको भन्दै आज अदालतले थुनामा पठाउने आदेशसमेत दिएको छ ।

    अख्तियारले आइतबार (आज) ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो दाबी गरि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    वि.सं २०६५ सालदेखि सुरु गरेर वि.सं २०७९ सालमा निर्माण सम्पन्न भएको सो विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो ।

    विमानस्थल घोटालामा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिले २०८२ वैशाखमा अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएसँगै उपसमितिले विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार भएको भनि दाबी गरेर प्रतिवेदन समितिलाई बुझाए पनि समितिले थप अनुसन्धान गर्न अख्तियारलाई पुन पठाएपछि ७ महिनापछि अख्तियारले आज विशेष अदालतमा मुद्दा लगेको हो ।

    कुनमा कति भ्रष्टाचार ?

    १. विमानस्थलमा एसी जडान -७.४२६५९ लाख डलर
    २. विमानस्थलमा माटो भर्ने खर्च -२.२२५४ करोड डलर
    ३. कर राजश्व छुट -२ अर्ब २० करोड
    ४. इन्धन ट्याङ्की – २.२० लाख डलर
    ५. नाली निर्माण र माटो खन्ने काम -१.६४८४ करोड डलर
    ६. परामर्श खर्च -२८ लाख डलर
    ७. माटो खन्ने र भर्ने काममा अनमियतता -४४.३५३ लाख डलर
    ८. हुनुपर्ने जति माटोको तह नभएको -१६.२१ लाख डलर
    ९. छिनेडाँडा कटान -३२ करोड २ लाख
    १०. बाहिरबाट माटो ल्याएको काम देखाएको -५५ लाख डलर
    ११. अतिरिक्त खर्च -५२ लाख डलर

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend