logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • आजदेखि सबै सरकारी कार्यालयहरु ४ बजे नै बन्द हुने

    आजदेखि सबै सरकारी कार्यालयहरु ४ बजे नै बन्द हुने


    पर्यटन नेपाल

    बिहिबार, १६ कार्तिक २०८०


    काठमाडौँ । आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजे बन्द हुने छन् ।

    जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुने छन्।

    जसअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ ।

    सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend