काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ५ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा संचित रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपका लागि लगानी गर्न लागिएको हो ।
राष्ट्र बैंकका अनुसार कुल रकममध्ये ४ अर्ब ४४ करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, ८३ करोड २५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र २७ करोड ७५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गरिनेछ । २०२६ जनवरी ५ देखि २०२७ जनवरी ५ सम्मको अवधिका लगानी हुनेछ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सो रकम लगानीका लागि पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।