काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्षे अवधिको लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ बमा्ेजिम बोलकबोल प्रक्रियाबाट ऋणपत्र जारी गर्न लागेको हो ।
सो बोलकबोल सोमबार अपराह्न २ बजे हुनेछ।
उक्त बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग बर्गका बैंक तथा बित्तीय संस्था (काउण्टरपार्टी) हरुले मात्र सहभागी हुन् पाउने छन् ।
ऋणपत्रको साँवा भुक्तानी २०८३ पुष १४ गते हुनेछ ।