logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • गगन थापाले बिशेष महाधिवेशनमा के-के भने ?

    गगन थापाले बिशेष महाधिवेशनमा के-के भने ?


    पर्यटन नेपाल

    आइतबार, २७ पुष २०८२


    काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु भएको छ ।

    आज (पुुस २६ गते) बाट भृकुुटिमण्डपमा काँग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । काँग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ

    उक्त दफामा टेकेर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने विशेष महाधिवेशन आजबाट सुरू भएको हो ।

    महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगन कुमार थापाले काँग्रेस राष्ट्रिय जिम्मेवारी बहन गर्ने पार्टी भएको समेत बताए । उनले भने, ‘नेपाली काँग्रेस बनाउँदा मन्त्री प्रधानमन्त्री बन्नका लागि बनाइएको थियो । काँग्रेसको स्थापना २५र२६ वर्षका केटाकेटीले खोलेका थिए । त्यतिखेर उनीहरू प्रधानमन्त्री मन्त्रि बन्नका लगि काँग्रेस बनाएका थिएनन् । यो देशलाई अँध्यारोबाट उज्यालोतिर लैजाने चाहनाले बनेको थियो । काँग्रेस चुनावका लागि बनेको होइन चुनावबाट बनेको पनि होइन । काँग्रेस राष्ट्रिय शक्ति हो । राष्ट्रिय पार्टी र राष्ट्रिय शक्तिमा फरक छ । राष्ट्रिय पार्टी चुनावबाट बहुमत ल्याएर बन्छ । तर राष्ट्रिय शक्ति भने जिम्मेवारले भने ।

    महामन्त्री थापाले सरकारमा भएकाहरूले, सदनमा भएकाहरूले जन गुनासो सम्बोधन गर्न नसक्दा भदौ २३ र २४ गते घटना भएको बताए ।

    महामन्त्री थापाले भने,‘भाद्र २३ र २४ गते जनेजीले मात्र होइन । लाखौं नरनारीले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन् । आक्रोश व्यक्त गरेका हुन् । सरकारसँग, अनि त्यो सरकारमा को थियो । हामी थियौं । संसदसँग, अनि संसदमा को थियो । हामी थियौं । राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको व्यवस्थामा नेपोबेबीको राज देखेर रिसाएको हो । चित्त दुखाएको हो नि । असन्तुष्ट भएकै हो नि । हाम्रो अगाडिको प्रश्न नदेखा गर्ने र वेवसाता गर्ने र त्यसलाई बुझ्ने वा मनन गर्ने वा सम्बोधन गर्ने भन्ने हो । यो विशेष महाधिवेशन त्यसको प्रयास हो । हामीले आफूले आफूलाई सोध्नुपर्छ गल्ती कहाँ भयो । ती मानिस को हुन् ? ती सेनाका ट्याङ्क राख्दा हामीसँगै गोली थाप्न आएका मानिस हुन् । तिनकै छोराछोरी हुन् । आज हामीसँग किन रिसाएका छ ? हामीले यति कुरा भनेको हो । हामी एक ठाउँमा आएनुपर्छ । त्यसका निम्ति अधिवेशन भन्दा अर्को मञ्च सानो मञ्च हुन्छ । हाम्रो कुरा यहिँ मिलेन । आज कोही यहाँ आएका छौँ । कोही आएका छैनौँ । यो शक्ति र सत्ताको संघर्ष होइन । देशलाई कसरी बुझ्ने नागरिकलाई कसरी बुझ्ने, जनभावनालाई कदर गर्ने कि नगर्ने भन्ने सोचको भानाका कारण हामी यहाँ कोही भयौँ । कोही हुन सकेनौँ ।’

    नेता थापाले पार्टी सदस्यले मागेका कारण विशेष महाधिवेशन भएकाले कहाँ पुगेर टुङ्गिन्छ भन्ने आफूलाई थाहा नभएको पनि बताए ।

    उनले आफू समेत महाधिवेशन प्रतिनिधिले बोलाएको पाहुना भएको पनि बताए । उनले भने, ‘सदस्यले मागेको विशेष महाधिवेशन भएको हो । नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नुभएको छ । यो कहाँ गएर टुङ्गिन्छ मलाइ थाहा छैन । म पनि बोलाएर आएको पाहुना हुँ । भोलि महाधिवेशनको हाउस बस्छ । त्यसले निर्णय गर्छ । मेरो लागि त्यो स्वीकार्य छ । अर्को महामन्त्रीले भनिसक्नुभएको छ । सबैले मान्नुपर्छ । जहाँ लगेर टुङ्ग्याउनु हुन्छ यसलाई मैले सम्मान गर्छु । विशेष महाधिवेशनले एउटा कुरा स्थापित गरेको छ । काँग्रेस दास र लासहरुको पार्टी होइन । काँग्रेस ज्युँदो मानिसहरुको पार्टी हो । यहाँ प्रश्न मरेको छैन । यहाँ कुनै बा छैन, जसले नबोल भन्दा बोल्न छाड्ने कोही पनि छैन । सबै बराबर छौँ । यहाँ प्रश्नहरु छन् । जुन पार्टी भित्र प्रश्न मर्छ । त्यसले समाजमा प्रश्न गर्न सक्दैन । प्रश्न गर्न नसक्नेले उत्तर खोज्न सक्दैन । समाधान दिन सक्दैन । कतिपयलाई काँग्रेस भित्र झगडा भइरहेको छ भन्ने लाग्न सक्छ ।

    महामन्त्री थापाले चुनाव एउटासँग मिलेर लड्ने सरकार अर्कोसँग मिलेर बनाउने सरकार बनाउन जे पनि गर्न पछि नहट्ने कुराको पनि निन्दा गरेका छन् । उनले भने, ‘चुनाव एउटासँग मिलेर लड्ने सरकार अर्कोसँग मिलेर बनाउने । सरकार बनाउन जे पनि गर्ने । सरकारबाट बाहिर बस्नुपर्‍यो भने सबैकुरा सकिएको जस्तो गर्ने, चालढाल ठिक छैन । तिमी बदलिनुपर्छ पार्टीको सदस्यले यहि भनेको हो । तिमीलाई सांसद बनाएँ, मन्त्री बनाएँ । तिमीहरु बस, छलफल गर, भनेको थिए । पार्टीको सदस्यले भनेको यहि कुरा बोकेर महाधिवेशन प्रतिनिधिहरुले आउनुभयो । उहाँले महाधिवेशन गर्नुस् । भ्याउनुभएन भने विशेष महाधिवेशन गर्नुस् भन्नुभयो । लामो समयदेखि पार्टी भित्र पार्टी सञ्चालनको तरिका आजबाट भत्कियो । भोली जो सुकै आओस् पार्टी सदस्यलाई हेप्न सक्दैन । तल बस्ने सदस्यले निहुरिएर सलाम गर्नुपर्छ । तलबाट माथि होइन । यो पटक माथिले गरेको होइन । तलले गरेको हो । तल बस्ने साथीहरुलाई पनि गाउँका साथीहरुले पठाउनुभएको हो । पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको छ।’

    गगनले आफू बिपी कोइराला र गणेशमान सिंहको छोरा नभए पनि उनीहरूको विचार बोकेर हिँडेको काँग्रेसको सच्चा सिपाही भएको बताए । उनले भने, ‘म बिपीको छोरा होइन, म गणेशमानको छोरा पनि होइन । मेरो शरीरमा बिपीको रगत बगेको छैन, गणेशमानको रगत बगेको छैन । तर मसँग बिपीको विचार र गणेशमानको साहस छ । राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपोबेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन् । र, आम नागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो । त्यो आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए । त्यो सरकारमा को थियो ? हामी थियौं । उनीहरू संसदसँग रिसाएका थिए । त्यो संसदमा को थिए ? हामी थियौं । उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend