काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।
नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेर बन्द भएकाे हाे । नेप्से सामान्य अंकले बढेकाे नेप्से साेमबारकाे तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ । सोमबार ६ अर्ब ४७ करोडको सेयर कारोबारकाेमा आज ३४९ वटा स्क्रिप्सको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँमा खरिदबिक्री भएको छन् ।
कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ५४ करोड मूल्य बराबरको सेयर कारोबार भयो । एसवाइ प्यानल नेपालले ३८ करोडको सेयर कारोबार गर्दा बुटवल पावरले २८ करोड,श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले २६ करोड र दोर्दी खोला जलविद्युतको २५ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
थ्रि स्टार हाइड्रो पावरको सेयर मात्रै सकारात्मक सर्किट लेभलमा कारोबार भयो । दोर्दी खोला जल विद्युतको सेयर ९.३८ प्रतिशतले बढ्दा सुपर मादी हाइड्रोपावरको ९.०७ प्रतिशतले बढ्यो ।
कारोबारमा आएकामध्ये ११८ वटा स्टक्सको मूल्य बढ्दा १३४ वटाको घट्यो । बाँकी ८ स्टक्सको मूल्य भने स्थिर रह्यो । सात समूहको उपसूचक बढ्दा बाँकी ६ समूहको उपसूचक नकारात्मक देखिएका छन् ।