काठमाडौँ । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् ।
बैंकको ४१ औं वार्षिक साधारणसभाले अध्यक्षमा चौधरी चयन गरेको हो । नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण पश्चात उनले अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।
संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेकामा सोमबारै बसेको सञ्चालक समितिको ६९९औं बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक चौधरीलाई चयन गर्ने निर्णय गरेको हो ।
बैंकको वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ ।