logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • एसबिआई बैंकको शाखामा लुटपाट

    एसबिआई बैंकको शाखामा लुटपाट


    पर्यटन नेपाल

    मंगलबार, २९ पुष २०८२


    काठमाडौँ । सिन्धुली घ्याङलेखमा नेपाल एसबिआई बैंकको शाखामा लुटपाट भएको छ ।

    मंगलबार राति साढे ७ बजेतिर सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा रहेको एसबिआई शाखा बैंकमा लुटपाट भएको हो ।

    बैंक लुटपाटमा संलग्न एक जना व्यक्ति गाडिसहित पक्राउ समेत परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीका अनुसार लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको छ ।

    ६/७ जना व्यक्ति नकाब लगाएर बैंक पुगेर बैंक लुटपाट गरेका थिए ।

    बैंक लुटपाटमा संलग्न नकाबधारीहरू चढेर गएको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    स्थानीयका अनुसार भने नकाबधारीहरू छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिएर पैसा लुटेर भागेका थिए ।

    उनीहरुको कुटपिटबाट घाइते सेक्युरिटी गार्डको भने गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    थप खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend