काठमाडौँ । निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू हुँदैछ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि आज रातिदेखि निर्वाचन आचारसंहिता लागु हुन लागेको हो ।
आयोगका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आचारसंहिताबारे जानकारीसमेत गराइसकेका छन् ।
माघ ६ गते उम्मेदवार मनोनयन हुँदैछ । दलहरु उम्मेदवार छनोटमा लागिरहेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले आचारसंहिता लागु हुने क्षेत्रहरुको बारेमा जानकारी गराएका छन् ।
यी क्षेत्रका व्यक्तीहरुलाई लाग्ने छ आचारसंहिता :
नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
स्थानीय कार्यपालिका र सोका सदस्य,
सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी,
सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
मतदाता,
उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
सार्वजनिक पद धारण गरेको व्यक्ति,
अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
विकास साझेदार संस्था,
वस्तु तथा सेवा प्रदायक व्यवसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र
आयोगले तोकेका अन्य निकाय वा व्यक्ति