काठमाडौँ । बुद्धको जन्मभूमि लुम्बिनीमा पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ ।
आइतबारदेखि लुम्बिनी सांस्कृतिक नगरपालिका, पर्यटन बोर्ड, यूएनडीपी र एसटीपी लगायत संस्थाको सहयोगमा आधिकारिक सूचना प्रदान गर्न सूचना केन्द्र सञ्चालनमा आएको हो ।
यो लुम्बिनी होटल संघले सञ्चालन गर्नेछ भने यसको मर्मत सम्भार लगायत रेखदेख लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्ने सम्झौता गरिएको छ ।
सूचना केन्द्र महिलवारस्थित पाँच नम्बर गेट नजिकै स्थापना गरिएको छ ।
सूचना केन्द्रकाे दुई सय मिटर वरिपरि निःशुल्क वाईफाईको सुविधा पनि रहेको छ । यो बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ ।