logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • सुदूरपश्चिमेली नेपाली समाज बेलायतकाे केन्द्रीय समितिमा धर्मेन्द्र मनोनित

    सुदूरपश्चिमेली नेपाली समाज बेलायतकाे केन्द्रीय समितिमा धर्मेन्द्र मनोनित


    पर्यटन नेपाल

    सोमबार, ५ माघ २०८२


    बेलायत । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका निवर्तमान सदस्य तथा लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका धर्मेन्द्र क्षेत्री सुदूरपश्चिमेली नेपाली समाज (अन्तर्राष्ट्रिय समिति) को केन्द्रीय कार्यसमितिमा मनोनित भएका छन्।

    ‎समाजको तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार क्षेत्रीलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरिएको हो ।

    ‎सुदूरपश्चिमेली नेपाली समाजद्वारा जारी गरिएको पत्रअनुसार विधानको व्यवस्था बमोजिम सबै राष्ट्रबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति गठन गर्ने क्रममा क्षेत्रीलाई सदस्यमा समेटिएको जनाइएको छ।

    ‎सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको डडेल्धुरा बजारमा २०८२ साल असोज २२ गते सम्पन्न तेस्रो महाधिवेशन पछि अध्यक्ष शेर बहादुर रावतको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको थियो।

    ‎सोही कार्यसमितिमा विभिन्न पद रिक्त रहेकाले विधान अनुसार मनोनयन प्रक्रिया अघि बढाइएको हो।

    ‎हाल अध्ययनको सिलसिलामा बेलायतमा रहेका क्षेत्रीले लामो समय पत्रकारिता मार्फत सामाजिक मुद्दा, सुशासन र नागरिक सरोकारका विषयमा कलम चलाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend