काठमाडौँ । काठमाडौँमा मौसम प्रतिकूल हुँदा एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ ।
नयाँदिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाज मौसम प्रतिकूूलका कारण बनारस डाइभर्ट भएको हो
काठमाडौँमा आज बिहानैदेखि भिजिबिलिटी कम थियो । सोहि कारण बिहान ९:५० मा अवतरण गर्नुपर्ने जहाज बनारस डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय जनाएको छ । सो जहाज अहिले काठमाडौँ अवतरणका लागि आइरहेको पनि विमानस्थल कार्यालय जनाएको छ ।
अहिले उडान र अवतरण सामान्य रहे पनि उडान चाप बढि छ ।