logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • मन्थली विमानस्थल प्रमुख अशोक थापा निलम्बित

    मन्थली विमानस्थल प्रमुख अशोक थापा निलम्बित


    पर्यटन नेपाल

    शुक्रबार, १७ कार्तिक २०८०


    काठमाडौँ । मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन भएका छन् ।

    नागरिक उड्डयन प्राधिकरणले शुक्रबार विमानस्थल परिसरमा तारा एयरका दुई पाइलटबीच भएको विवादको छानबिन गर्नका लागि विमानस्थल प्रमुखलाई निलम्बन गरेको हो ।

    प्राधिकरणले विमानस्थलमै झगडा गर्ने पाइलटहरू सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरिसकेको छ ।

    राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाइएको छ । मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend