logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • बढ्यो डिजल र मट्टीतेलको मूल्य

    बढ्यो डिजल र मट्टीतेलको मूल्य


    पर्यटन नेपाल

    शनिबार, १७ माघ २०८२


    काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ ।

    आयल निगमको सञ्चालक समितिको शनिवार बसेको बैठकले डिजल र मट्टीतेलको मुल्य बढाउने निर्णय गरेको हो ।

    निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको छ ।

    नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र नेपालगन्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

    May be an image of text

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend