logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:53 PM

  • भोलि सिंहदरवार क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

    भोलि सिंहदरवार क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने


    पर्यटन नेपाल

    शुक्रबार, १७ कार्तिक २०८०


    काठमाडौँ । शनिवार बिहान चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

    स्युचाटारदेखि सिंहदरवारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले शनिवार बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

    नेपाल विद्युत् प्राधिकरणले आज सूचना जारी गर्दै सिंहदरवार परिसरभित्रका सबै कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टे कुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतो पुल, रातो पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

    यस्तो छ प्राधिकरण जारी गरेको सूचना :

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend