काठमाडौँ । बुद्ध एयरले प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा विशेष अफर ल्याएकाे छ ।
बुद्धले ‘एभरेष्ट एक्सपेरियन्स’ उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने विशेष अफर ल्याएको हो ।
हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई लक्षित गर्दै ल्याइएको यस अफरअन्तर्गत जोडीहरूले १४ हजार दुई सय ५६ रूपैयाँमा सगरमाथासहित विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न सक्नेछन् ।
उडान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरू भई करिब एक घण्टाको हिमाली दृश्यावलोकनपछि पुनः काठमाडौँमै अवतरण हुनेछ ।
उडानमा सहभागी प्रेमिल जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत विशेष उपहारसमेत प्रदान गरिने बुद्ध एयरले जनाएको छ । टिकट बुकिङ बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप तथा नजिकैको सेल्स काउन्टरमार्फत गर्न सकिनेछ ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि हिमालको काखमा अविस्मरणीय प्रेम क्षण सिर्जना गर्ने उद्देश्यले यो प्याकेज ल्याइएको कम्पनीको भनाइ छ ।
सिट संख्या सीमित रहेकाे हुँदा इच्छुक यात्रुहरूलाई समयमै टिकट बुक गर्न बुद्धले अनुरोध समेतगरेको छ ।