logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   02:21 AM

  • शिवरात्रि विशेष: पशुपतिनाथ क्षेत्रमा रङरोगन सुरु

    शिवरात्रि विशेष: पशुपतिनाथ क्षेत्रमा रङरोगन सुरु


    पर्यटन नेपाल

    सोमबार, २६ माघ २०८२


    काठमाडौँ । महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारसम्बन्धी कामले तिव्रता पाएको छ ।

    भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी काम अघि बढाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए ।

    महाशिवरात्रिका दिन ठूलो स‌‌ङ्ख्यामा भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने भएकाले भिड व्यवस्थापन, सुरक्षा र आपत्कालीन सेवामा विशेष ध्यान दिएको र सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा तयारीलाई तीव्रता दिएको प्रवक्ता जोशीले बताए ।

    यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

    महाशिवरात्रिलाई लक्षित गर्दै अहिले पशुपतिनाथ क्षेत्रमा साधु–सन्तहरूको आगमन सुरु भइसकेको छ । महाशिवरात्रि पर्व नजिकिँदै जाँदा साधु–सन्तहरूको चहलपहल बढ्दै गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend