logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • सौर्य एयरलाइन्सले फागुन पहिलो सातादेखि उडान भर्दै

    सौर्य एयरलाइन्सले फागुन पहिलो सातादेखि उडान भर्दै


    पर्यटन नेपाल

    सोमबार, २६ माघ २०८२


    काठमाडौँ । सौर्य एयरलाइन्सले डेढ वर्षपछि पुनः उडान गर्ने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति पाएपछि एयरलाइन्सले फागुन पहिलो साताबाट उडान गर्ने तयारी गरेको छ ।

    २०८१ साउन ९ गते उडान लगतै दुर्घटना परेपछि एयरलाइन्सले उडान बन्द गरेको थियो । दुर्घटनापछि एयरलाइन्सले ठूलो साहस बोकेर फागुन पहिलो साताबाट चार्टर उडान गर्न लागेको हो ।

    अर्को जहाज भने ६ महिनाभित्रै तयार हुने र नियमित उडान भर्ने उक्त एयरलाइन्सले जनाएकाे छ । सौर्यसँग हाल ५० सिट क्षमताको ९एम एएलई र ९ एन एएनम कलसाइनको दुई वटा जहाज छ ।

    प्राधिकरणले उक्त एयरलाइन्सलाई सन् २०१४ नोभेम्बर १३ मा उडान सञ्चालन गर्ने अनुमति दिएको थियो । तर दुर्घटनापछि एयरलाइन्स साउन ९ गतेदेखि निलम्बनमा परेको थियो ।

    एयरलाइन्सले ५० सिट क्षमताको सिआरजे नामक जहाजबाट नेपालभित्र उडान गर्ने अनुमति पाएको छ । यो एयरलाइन्सले काठामाडौँ, भद्रपुर, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा दुईतर्फी उडान गर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend