logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • रामेछाप विमानस्थलमा कुटाकुट गरेका पाइलटहरूलाई बोलायो प्रहरीले

    रामेछाप विमानस्थलमा कुटाकुट गरेका पाइलटहरूलाई बोलायो प्रहरीले


    पर्यटन नेपाल

    शुक्रबार, १७ कार्तिक २०८०


    रामेछाप । रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको घटनामा प्रहरीमा उजुरी परेको छ।

    शुक्रबार बिहान तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीब श्रेष्ठबीच रामेछाप विमानस्थलमा कुटाकुट भएको हो ।

    वरिष्ठ क्याप्टेन शाहले अर्का क्याप्टेन श्रेष्ठमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीले जानकारी दिए।

    क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा श्रेष्ठले थप्पड हानेको बताए।

    ‘आफूमाथि कुटपिट भएको भन्दै निवेदन दर्ता गर्न आउनुभएको थियो, क्याप्टेन श्रेष्ठलाई फोन गरेर सोध्दा उहाँले म लुक्ला छु हाम्रो सामान्य विवाद भएको हो म त्यहीँ आएर छलफल गरौंला भन्नुभएको थियो’, डिएसपी पराजुलीले भने। उनले यस विषयमा अनुसन्धान गरिरहेको बताए।

    घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ। यस्तै नागरिक उड्डयन प्राधिकरणले दुबै क्याप्टेनलाई निलम्बन गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend