logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:06 AM

  • शिवरात्रिका दिन वर्दीमा रहेका प्रहरीमाथि हातपात गर्ने युवा पक्राउ

    शिवरात्रिका दिन वर्दीमा रहेका प्रहरीमाथि हातपात गर्ने युवा पक्राउ


    पर्यटन नेपाल

    बुधबार, ६ फाल्गुन २०८२


    काठमाडौँ । वर्दीमा रहेका प्रहरीमाथि हातपात गर्ने एकजना युवा पक्राउ परेका छन् ।

    शिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा वर्दिमा रहेका प्रहरीलाई एक जना युवाले प्रहरीलाई मुक्का हानेको भिडियो केहिदिन यतादेखी सामाजिक संजालमा भाइरल भइरहेको थियो ।

    सुरक्षा प्रदान गरिरहेका प्रहरीमाथि जाइलाग्दै कुटपिटमा उत्रिएका युवालाई प्रहरीले त्यति बेला नै पक्राउ गर्ने प्रयास गरे पनि भीडभाडका कारण ति युवालाई पक्राउ गर्न सकेको थिएन् ।

    मंगलबार प्रहरीले सामाजिक सञ्जालमार्फत प्रहरीमाथि जाइलाग्ने युवाको खोजीमा सूचना नै जारी गरेको थियो ।

    मकवानपुर ठुलदमार स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१३ चागल बस्ने रिजन श्रेष्ठ स्वयम्भुबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend