logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • विदेश हिँडेका यात्रुहरू फर्किए घर, १८ वटा फ्लाइट रद्द !

    विदेश हिँडेका यात्रुहरू फर्किए घर, १८ वटा फ्लाइट रद्द !


    पर्यटन नेपाल

    आइतबार, १७ फाल्गुन २०८२


    काठमाडौँ । अहिले इरान र अमेरिकाबिच भिषण युद्द भइरहेको छ । विभिन्न देशमा जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएकाहरु फर्किएका छन् ।

    अहिले विभिन्न देशहरुले आफ्नो विमानस्थल बन्द गरेका कारण विदेश जान भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएकाहरु अहिले घर फर्किएका हुन् ।

    शनिबारदेखि चलेको युद्दका कारण नेपालबाट युएई, कतार, कुवेत लगायतका देशहरू जाने विमान रद्द भएका छन् । सो देशमा जाने विमानहरु रद्द भएपछि त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड लागेको थियो ।

    उडान रद्द भएपछि यात्रुुहरु पुनः घर फर्किएका छन् । खाडी मुलुक बाहेक अन्य मुलुक जाने यात्रुहरू भने विमानस्थल प्रवेश गरेका छन् ।

    साउदीको दमाम र रियाध, युएईको दुबई, शारजाह र आबुधाबीका लागि तय उडान रद्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जनाएको छ । प्राधिकरणले अर्को सूचना जारी नगरेसम्मका लागि उडान स्थगित भएको जनाएको छ ।

    खाडि मुलुक जाने यात्रुहरु सुचना पढेर फर्किएका छन् । विश्वकै व्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन हमला गर्दा विमानस्थलमा क्षति भएपछि अहिले विमानस्थल बन्द भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend