logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:16 AM

  • अवतरणका क्रममा श्री एयरकाे टायर पड्कियो !

    अवतरणका क्रममा श्री एयरकाे टायर पड्कियो !


    पर्यटन नेपाल

    बुधबार, २० फाल्गुन २०८२


    काठमाडौँ । सुर्खेत एयरपोर्टमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजकाे टायर पड्किएको छ ।

    दिउँसो सवा ३ बजे काठमाडौँबाट सुर्खेतका लागि उडेकाे उक्त विमानकाे टायर पढ्किएकाे हाे ।

    उडान नम्बर नाइनएन-एओएल कल साइन भएको जहाजले ३:५० बजे सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको बायाँतर्फ बाहिरी टायर घर्षणका कारण पड्किएको सुर्खेत प्रहरीले जनाएको छ ।

    टायर पड्किए पनि जहाज सुरक्षित रूपमा अवतरण गरिएको र सबै यात्रु तथा चालकदल सकुशल छन् ।

    जहाजको आवश्यक प्राविधिक जाँच तथा मर्मतपछि मात्र पुनः उडान सञ्चालन गरिने विमानस्थलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend