काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सर्वाधिक मत ल्याएर सांसद निर्वाचित भएका छन् ।
झापा–५ बाट निर्वाचन उठेका प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका शाहले ६८ हजार ३४८ मत ल्याएर विजयी भएका हुन् ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।
शाहले ६८ हजार ३४८ मत ल्याए भने ओलीले १८ हजार ७३४ मत ल्याए ।
शाहले ल्याएको मत संसदीय निर्वाचनको इतिहासकै धेरै हो ।
यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याएर निर्वाचित भएका थिए ।