logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • जाजारकोट र रुकुमपश्चिममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी केन्द्रित गर्ने कर्णाली सरकारको निर्णय

    जाजारकोट र रुकुमपश्चिममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी केन्द्रित गर्ने कर्णाली सरकारको निर्णय


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    काठमाडौँ । कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ ।

    आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको हो ।

    भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय भएको छ ।

    यसैबीच आज बिहानै कर्णाली प्रदेश सरकारले पठाएको औषधिसहितको हेलिकोप्टर आज बिहान जाजरकोट र रुकुम पश्चिममा पुगिसकेको छ ।

    मुख्यमन्त्री राजकुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend