logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:01 PM

  • सरकारले फेवातालको अतिक्रमण हटाउने

    सरकारले फेवातालको अतिक्रमण हटाउने


    पर्यटन नेपाल

    शनिबार, १४ चैत्र २०८२


    काठमाडौँ । सरकारले कास्कीको पोखरास्थित फेवातालमा भएको अतिक्रमण तीन महिनाभित्र हटाउने निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले फेवा संरक्षित जलाधार क्षेत्रको पुनः स्थापना र मुहान संरक्षण कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको हो ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा यो उल्लेख गरेको छ ।

    निर्णयमा भनिएको छ, ‘पोखरास्थित फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाई पुनस्र्थापना, पहिलो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलका कार्यहरू सरोकारवालाहरूको सहभागितामा तीन महिनाभित्र प्रक्रियाअघि बढाइँ जलाधार क्षेत्रको प्रभावकारी रुपमा संरक्षण गर्ने ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend