logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस सैनिक मञ्‍चमा, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

    प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस सैनिक मञ्‍चमा, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा


    पर्यटन नेपाल

    बुधबार, २ बैशाख २०८३


    काठमाडौँ । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार सैनिक मञ्‍च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ ।

    यस अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल ‘गनेस’ ले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत घोषणा गरेका छन् ।

    कार्यक्रममा प्रतिनिधिसभाका सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि डोल प्रसाद अर्यालले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताएका छन् ।

    उनले भने, ‘आरोग्य केवल रोग नहुनु मात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो ।’ सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावका बीच आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

    उनले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै थपे, ‘हामीसँग हिमाल, संस्कृति, आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदा छ । अब संख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित हुँदै नेपाललाई उच्च मूल्य र गहिरो अनुभव दिने गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ ।’

    No description available.

    त्यसैगरी, पर्यटनमन्त्री खड्कराज पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्नेमा उल्लेख गर्दै नेपालले विश्वलाई नयाँ मार्गदर्शन दिन सक्ने बताए । उनले भने, ‘आरोग्य भनेको भागदौडबाट भाग्नु होइन, आफ्नै भित्र फर्किने साहस हो । यो आत्माको मौनता बुझ्ने कला हो ।’ मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेकाले अहिलेको विश्‍वमा आरोग्य अति आवश्यक भएको उल्लेख गरे । ’मानिससँग सबै कुरा छ, तर दुई पलको शान्ति छैन । अब विश्वले खोजेको शान्ति नेपालले दिन सक्छ,’ उनले भने ।

    No description available.

    No description available.

    उनका अनुसार, सरकारले आरोग्य पर्यटनलाई ‘सफ्ट पावर’का रूपमा विकास गर्ने नीति लिएको छ । ‘सरकारको १०० बुँदे कार्ययोजनामा नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य राखिएको छ, र त्यसको आधारमा सन् २०२७ लाई आरोग्य वर्ष घोषणा गरिएको हो,’ उनले स्पष्ट पारे । सरकारले आरोग्य पर्यटनलाई दीगो विकास, सांस्कृतिक संरक्षण र स्थानीय समुदायको समृद्धिसँग जोड्ने लक्ष्य राखेको छ । मन्त्री पौडेलले नेपाललाई केवल घुम्ने गन्तव्य नभई ‘आफूलाई चिन्ने र आत्मिक शान्ति खोज्ने केन्द्र’का रूपमा विश्वमा स्थापित गर्ने सन्देश दिइएको छ ।

    No description available.

    कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको औंल्याए । उनले भने, ‘नेतृत्व लिनुअघि स्वामित्व लिनुपर्छ। आरोग्यका तीन चरण छन्, र नेपालमा ५० लाखभन्दा बढी मानिस स्वजाग्र ध्यानमा संलग्न छन् ।’ उनले आरोग्य पर्यटनलाई व्यवस्थित बनाउँदै आर्थिक समृद्धिसँग जोड्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने, ‘वेलनेस सर्किट’ निर्माण, वेलनेस भिसा र दीर्घकालीन बसाइ नीतिको आवश्यकता औंल्याए ।

    No description available.

    समारोहको सुरुवातमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माद्वारा मन्त्रउच्चारण गरिएको थियो भने ध्यान र योग सत्र पनि सञ्‍चालन गरिएको थियो । त्यसैगरी स्पा एसोसिएनका प्रतिनिधिले हिलिङबारे जानकारी गराएको थियो ।

    कार्यक्रममा ध्यान तथा योग, आरोग्य पर्यटन रणनीति र लोगोसमेत सार्वजनिक गरिएको थियो । नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा औपचारिक मान्यता दिएको थियो । उक्त मान्यतापछि विश्वभर पहिलो पटक यो दिवस मनाइएको हो ।

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend