काठमाडौँ । सरकारले नेपाल आउने पर्यटकको प्रतिब्यक्ती खर्च पाँच बर्षमा दोब्बर बनाउने नीति लिएको छ । त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि टुक्रयाएर दुई वटा स्वायत्त निकाय बनाउने घोषणा गरेको छ ।
सार्वजनिक गरिएको घोषणापत्रमा १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा हवाई सुरक्षा सुदृढ गर्न प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा अलग गर्ने नीति अघि बढाइएको हो ।
मस्यौदाको बुँदा नम्बर ३ मा पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा राखिएको छ ।
सरकारको प्रतिबद्धतामा रहेका मुख्य प्राथमिकताका क्षेत्र यि हुन्
आर्थिक क्षेत्रमा स्थायित्व र सुधार
कृषि पेशाको सम्मान र आत्मनिर्भरता
पर्यटन तथा नागरिक उड्डयन
ऊर्जा विकास तथा उपयोग
खानी तथा खनिज
पूर्वाधार विकास
यस्तो छ सरकारले पर्यटन क्षेत्रको लागि तयार पारेको मस्यौदा :
