logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • बजेटका लागि अर्थ मन्त्रालयमा छलफल सुरु, ९ मन्त्रालयसँग संवाद

    बजेटका लागि अर्थ मन्त्रालयमा छलफल सुरु, ९ मन्त्रालयसँग संवाद


    पर्यटन नेपाल

    सोमबार, २१ बैशाख २०८३


    काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियालाई तीव्रता दिँदै अर्थ मन्त्रालयले मन्त्रालयगत बजेट छलफल सुरु गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफलको पहिलो दिन विभिन्न ९ वटा मन्त्रालयका विभागीय मन्त्री र सचिवहरूसँग बजेटको खाका, नीति तथा कार्यक्रम र स्रोत व्यवस्थापनबारे गहन छलफल भएको छ।

    बिहान ११ बजेदेखि सुरु भएको छलफल साँझ साढे ७ बजेसम्म चलेको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा भएको उक्त बैठकमा अर्थ र राजस्व सचिव, बजेट लेखन समितिका पदाधिकारीहरू र बजेट महाशाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो। छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूले आफ्ना आगामी योजना र त्यसका लागि आवश्यक बजेटको प्रस्ताव पेश गरेका थिए।

    सोमबारको छलफल गृह मन्त्रालयबाट सुरु भएको थियो। त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति,कानुन, न्याय तथा संसदीय मामिला, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल भएको छ ।
    बैठकमा श्रममन्त्री रामजी यादव, उद्योगमन्त्री गौरी कुमारी, कानुनमन्त्री सोविता गौतम, सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, शिक्षा र खेलकुद मन्त्री सस्मित पोखरेल तथा सङ्घीय मामिला र भूमिव्यवस्था मन्त्री प्रतिभा रावलको सहभागिता रहेको थियो।

    अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्धारण गरेको समय तालिकाअनुसार बाँकी रहेका अन्य मन्त्रालयहरूसँग मंगलबार छलफल हुनेछ। यो छलफलले आगामी बजेटको प्राथमिकता र स्रोत विनियोजनको अन्तिम रूपरेखा तय गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend