logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   10:29 AM

  • अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आकर्षण बढ्दो, चार महिनामा डेढ लाख पर्यटक भित्रिए

    अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आकर्षण बढ्दो, चार महिनामा डेढ लाख पर्यटक भित्रिए


    पर्यटन नेपाल

    मंगलबार, २२ बैशाख २०८३


    पोखरा। विश्वप्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा सन् २०२६ को पहिलो चार महिनामा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ। सन् २०२६ को जनवरीदेखि अप्रिलसम्म कुल १ लाख ५२ हजार ४८६ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।

    सार्क राष्ट्रका पर्यटकको वर्चस्व
    एक्यापको तथ्यांकअनुसार कुल पर्यटकमध्ये ६८ प्रतिशत अर्थात् १ लाख ४ हजार २२७ पर्यटक सार्क मुलुकका छन्। बाँकी ४८ हजार २५९ पर्यटक भने अन्य तेस्रो मुलुकबाट आएका हुन्।

    कुन महिना कति पर्यटक?

    जनवरीमा २० हजार ०६१, फेब्रुअरीमा २१ हजार ४०, मार्चमा ४८ हजार ५१३ र अप्रिलमा ६२ हजार ८७२ पर्यटक आएका हुन्।

    अप्रिल महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएको तथ्यांकले देखाउँछ। यस तथ्यांकले अन्नपूर्ण क्षेत्र विश्वकै एक प्रमुख हिमाली गन्तव्यको रूपमा स्थापित हुँदै गएको पुष्टि गर्दछ। पर्यटकको बढ्दो संख्याले स्थानीय पर्यटन व्यवसायीहरूमा उत्साह थपेको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend