काठमाडौं। आइएमईले विदेशमा रहेका नेपाली र उनीहरूका परिवारलाई लक्षित गर्दै आकर्षक ग्राहकलाभ योजना सार्वजनिक गरेको छ। अब आइएमईमार्फत विदेशबाट पैसा पठाउँदा सुरक्षित रेमिटेन्स सेवाका साथै सामसङका आधुनिक इलेक्ट्रोनिक सामान खरिदमा विशेष सहुलियत प्राप्त हुने भएको छ।
यस योजनाअन्तर्गत ग्राहकले पैसा मात्र प्राप्त नगरी सामसङका स्मार्टफोन तथा घरेलु उपकरणहरूको खरिदमा सुविधा पाउनेछन्।
सामसङका स्मार्टफोन, स्मार्ट टिभी, रेफ्रिजेरेटर, र वासिङ मेसिन जस्ता उपकरण खरिद गर्दा ग्राहकले ६ प्रतिशतसम्म क्यासब्याक आफ्नो ुआइएमई पे वालेटमा प्राप्त गर्नेछन्।
त्यस्तै, एकैपटक ठूलो रकम खर्च गर्न नसक्ने ग्राहकका लागि २४ महिनासम्मको सहज इएमआई वा ऋण सुविधा उपलब्ध गराइएको छ। यो सुविधा एचएफएल मार्फत प्राप्त गर्न सकिनेछ। सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकले एनसेल प्याक सक्रिय गर्दा १८० जिबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्नेछन्।
यो योजनाको लाभ लिन ग्राहकहरूले विदेशबाट आइएमई रेमिटमार्फत नेपालमा पैसा पठाउनुपर्नेछ। नेपालमा पैसा प्राप्त गर्दा प्राप्त भएको आइएमई कन्ट्रोल नम्बर सुरक्षित राख्नुपर्नेछ। उक्त कन्ट्रोल नम्बर लिएर सामसङको आधिकारिक स्टोर वा डिलरकहाँ जानुपर्नेछ।
आफूलाई मनपर्ने सामान छनोट गरी नगद वा किस्ताबन्दी प्रक्रियामार्फत खरिद गर्न सकिनेछ।
आइएमईका कार्यकारी अधिकृत दिवाकर पौडेलले विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारको दैनिक जीवनलाई सहज र आधुनिक प्रविधिसँग जोड्न यो योजना सहयोगी हुने विश्वास व्यक्त गरे।