logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • महिला उद्यमशीलता प्रवर्द्धनका लागि लक्ष्मी सनराइज बैंक र आईएफसीबीच साझेदारी

    महिला उद्यमशीलता प्रवर्द्धनका लागि लक्ष्मी सनराइज बैंक र आईएफसीबीच साझेदारी


    पर्यटन नेपाल

    शुक्रबार, २५ बैशाख २०८३


    काठमाडौं। लक्ष्मी सनराइज बैंकले महिला नेतृत्वमा रहेका साना तथा मझौला उद्यमलाई सहयोग पुर्‍याउने उद्देश्यले विश्व बैंक समूह अन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग साझेदारी गरेको छ।

    बैंकले आईएफसीको ‘बैंकिङ अन वुमन’ पहल अन्तर्गत ‘ग्लोबल डब्लुएसएमई सेक्स डिस्एग्रीगेटेड डाटा’ सम्झौतामा हस्ताक्षर गरेको हो।

    यस सम्बन्धी सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरे।

    यस सहकार्यको मुख्य उद्देश्य महिला उद्यमीहरूको वित्तीय पहुँचमा रहेका अवरोध हटाउनु हो। आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांकको संकलन र विश्लेषण प्रक्रियालाई सुदृढ बनाउन प्राविधिक सहयोग गर्नेछ।

    बैंकका अनुसार महिला उद्यमीका विशेष आवश्यकता र चुनौतीहरू पहिचान हुनेछन्। तथ्यांकका आधारमा बैंकले महिलाहरूका लागि लक्षित र प्रभावकारी वित्तीय योजनाहरू ल्याउन सक्नेछ। महिला नेतृत्वका साना तथा मझौला उद्यमहरूको विकासमा मद्दत पुग्नेछ।

    यस कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित अन्तर्राष्ट्रिय मञ्च ओमेन इन्टरप्रेनर्स फाइनान्स इनीसीएटीभले सहयोग गरेको छ। वीफीले विश्वभरका महिला स्वामित्व भएका व्यवसायमा लगानी र वित्तीय स्रोत जुटाउन नियामक निकाय र वित्तीय संस्थाहरूलाई एकै ठाउँमा ल्याउने काम गर्छ।

    ूयस साझेदारीले जिम्मेवार बैंकिङ अभ्यासप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। बैंकले महिला उद्यमशीलता प्रवर्द्धनमार्फत देशको समावेशी आर्थिक विकासमा ठोस योगदान पुर्‍याउने लक्ष्य राखेको बैंकले जनाएको छ।

    यस सहकार्य अन्तर्गत सञ्चालन हुने ओमेन इन्टरप्रेनर्स फाइनान्स कोडु ले महिला उद्यमीलाई आवश्यक पर्ने वित्तीय स्रोत उपलब्ध गराउनेछ। जसले गर्दा बजारमा नयाँ रोजगारीका अवसरहरू सिर्जना हुनुका साथै समग्र आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend