logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • जाजरकोट र रुकुम पूर्व र पश्चिममा पाँच दिनसम्म नेपाल टेलिकमबाट फोन र एसएमएस गर्दा शुल्क नलाग्ने

    जाजरकोट र रुकुम पूर्व र पश्चिममा पाँच दिनसम्म नेपाल टेलिकमबाट फोन र एसएमएस गर्दा शुल्क नलाग्ने


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    काठमाडौँ । सरकारले भुकम्प प्रभावित जिल्लाहरू जाजरकोट र रुकुम पूर्व र पश्चिममा नेपाल टेलिकमको नेटवर्कबाट फोन तथा म्यासेज गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

    टेलिकमले दुवै जिल्लामा हाल सबै सेवा सुचारू भइसकेको भन्दै शनिबारदेखि पाँच दिनसम्म फोन र एसएमएस गर्दा शुल्क नलाग्ने गरी प्रबन्ध गरेको टेलिकमले जनाएको छ ।

    टेलिकमले उद्धार कार्य र सूचना आदान प्रदान गर्न आवश्यकताअनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend