logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • सरकारले पर्यटन प्रवर्द्धनका लागि घोषणा गर्‍यो ‘भिजिट नेपाल २०८५’

    सरकारले पर्यटन प्रवर्द्धनका लागि घोषणा गर्‍यो ‘भिजिट नेपाल २०८५’


    पर्यटन नेपाल

    सोमबार, २८ बैशाख २०८३


    काठमाडौं। सरकारले सरकारले पर्यटन प्रवर्द्धनका लागि ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ।

    आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेका हुन्। त्यसअघिको वर्षलाई भने पूर्वतयारीका रूपमा काम गरिने भएको छ।

    सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा गरेको छ। यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने समेत उनले बताए। पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने भएको छ ।

    दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने घोषणा गरे । पर्या पर्यटनलाई आधुनिक प्रविधिसँग जोडिने भएको छ।

    त्यस्तै, नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गरिने सरकारले जनाएको छ। आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ मन्दिर, लुम्बिनी, जनकपुरधाम तथा मुक्तिनाथ मन्दिर लगायतका धार्मिक क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकता दिने जनाइएको छ।

    पर्यटक आगमन बढाउने, प्रति पर्यटक खर्च वृद्धि गर्ने तथा बसाइ अवधि लम्ब्याउने लक्ष्यसहित विशेष प्रचार अभियान सञ्चालन गरिने सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend