logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • विद्युत् प्राधिकरणमा दुई सञ्चालक नियुक्त, दीर्घायूलाई कायममुकायमको जिम्मेवारी

    विद्युत् प्राधिकरणमा दुई सञ्चालक नियुक्त, दीर्घायूलाई कायममुकायमको जिम्मेवारी


    पर्यटन नेपाल

    बुधबार, ३० बैशाख २०८३


    काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणमा बुधबार महत्वपूर्ण नियुक्ति भएका छन्।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त गरेका हुन् भने व्यवस्थापनको नेतृत्वमा नयाँ जिम्मेवारी तोकिएको छ।

    मन्त्री श्रेष्ठले आगामी चार वर्षका लागि सञ्चालक समितिमा अंशुकिरण शाही र कृष्ण बसेललाई नियुक्त गरेका हुन्। शाहीलाई निजी क्षेत्रको प्रतिनिधित्व र बसेललाई उपभोक्ताको तर्फबाट सदस्य नियुक्त गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

    ऊर्जा मन्त्री एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको १०३०औँ बैठकले दीर्घायूकुमार श्रेष्ठलाई नयाँ जिम्मेवारी सुम्पिएको छ।

    यसअघि निमित्त कार्यकारी निर्देशक रहेका का श्रेष्ठलाई अब कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। श्रेष्ठ विगत २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा छन्।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend