logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • वसन्त ऋतुमा ५ आरोही र गाइडले गुमाए ज्यान

    वसन्त ऋतुमा ५ आरोही र गाइडले गुमाए ज्यान


    पर्यटन नेपाल

    बुधबार, ३० बैशाख २०८३


    काठमाडौँ। विश्वभरका साहसी आरोहीहरूका लागि सन् २०२६ को वसन्त ऋतु उत्साहजनक रहे पनि हिमालको उच्च उचाइ र प्रतिकूल मौसमले पुनः पीडा निम्त्याएको छ।

    नेपाल पर्यटन बोर्डका अनुसार, जारी आरोहण सिजन (वसन्तु ऋतु) मा हालसम्म सगरमाथा र मकालु हिमालमा गरी पाँच जनाको मृत्यु भएको छ।

    बोर्डका सूचना अधिकारी हिमाल गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै वैशाख २० गते यताका १० दिनमा तीन नेपाली र दुई विदेशी नागरिकले हिमालमा प्राण त्यागेको पुष्टि गरेका हुन्। मृत्यु हुने पाँचै जना हिमालको जटिल भूगोल र जोखिमपूर्ण पदयात्राका क्रममा दुर्घटनामा परेका हुन्।

    सगरमाथा क्षेत्रमा यसपटक दक्ष नेपाली गाइडहरूले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुर गेल्जेन शेर्पा रहेका छन्। लाक्पा सेभेन समिट, घिमिरे ट्याग नेपाल, फुर गेल्जेन काइटु एक्सपिडिसनमा आबद्ध थिए।

    ८ हजार मिटरभन्दा अग्लो मकालु हिमाल आरोहणका क्रममा चेक रिपब्लिकका डेभिड रुभिनेक र अमेरिकी नागरिक जोहानेसेन शेलीको ज्यान गएको छ। डेभिड आइएएम ट्रेकिङ मार्फत मकालु–२ मा पुगेका थिए भने जोहानेसेन सेभेन समिटमार्फत मुख्य मकालु हिमालको आरोहणमा थिए।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend